पत्रकार सम्मेलनमा बोल्दै डिभिजन सडकका प्रमुख अधिकारी
१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट विस्तार कार्यको थालनि हुने डिभिजन सडक कार्यालय हेटौँडाले स्पष्ट पारेको छ । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक पटक रोकिएको सडक विस्तार कार्य यस पटक नरोकिने बताएका छन् । आइतबार कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सापकोटाले विस्तारका क्रममा नगर भित्र महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत २५ । २५ गजभित्र सडकको दायाँबायाँ पर्ने ५३१ वटा घरटहरा भत्किने बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक–पटक रोकिँदै आएको विस्तारको काम यसपटक अगाडि बढ्ने जानकारी दिदै उनले पहिलो चरणमा हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा बुद्ध चोक हुँदै राप्ती पुलसम्म र बुद्ध चोकदेखि सामरी पुलसम्मको सडक सीमा खाली गरिने बताएका छन् । करिब ९ दशमलब ५ किलोमिटर सडक क्षेत्रभित्र रहेका २ बैंक, ३ पेट्रोल पम्पसहित अन्य भौतिक संरचनाहरू हटाउनुपर्ने जनाएका छन् ।
पत्रकार सम्मेलनमा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घरटहरा पर्ने , महेन्द्र राजमार्गको ६ दशमलब ३ किलोमिटर सडक क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक र ३ वटा पेट्रोल पम्प रहेकाले ती पनि भत्काइने बताइएको छ । ती संरचनाहरू भत्काउँदा राज्यले मुआब्जा वा क्षतिपूर्ति दिन नपर्ने पनि उनले जानकारी दिइएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पनि सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । यसअघि गत मंसिर ५ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै उक्त सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । सडकको अल्टिमेटम यहि १९ गते सक्किेदै छ ।
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि सडक विस्तार कार्यमा सहयोग गर्न सम्बन्धीत सबैमा अनुरोध गरेको छ । प्रजिअ बसन्त अधिकारीले आइतबार एक विज्ञप्ती जारी गर्दै २० गतेबाट सुरु हुने सडक विस्तार कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन् ।
त्यसैगरी जेन–जी मकवानपुरले भने न्यायपूर्ण क्षतिपूर्तिको बन्दोबस्त नगरी घर–टहरा भत्काउने कुनै पनि कदम नचाल्न चेतावनी दिएको छ । बिहीबार डिभिजन प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जेन–जीले लालपुर्जाधारी व्यक्तिहरूका घरहरू बलपूर्वक भत्काइने सूचना चलिरहेको भन्दै यसअघि मुआब्जा पाएका तथा पाउन बाँकी व्यक्तिहरूको तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ ।
प्रजिअ अधिकारीद्धारा जारी विज्ञप्ती
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)