Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बेतिनी पुगेर मुख्यमन्त्री बानियाँले भनेः कांग्रेसले चुनावमा भाग लिन्छ

594390309_765075185957497-1765203771.jpg

२२ मंसिर, हेटौँडा ।  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा  कांग्रेस सहभागि हुने बताएका छन् । मकवानपुरको बिकट मानिएको बागमती गाउँपालिका वडा नम्बर ९ बेतिनिमा पुगेर सोमबार कांग्रेस बेतिनि वडा कार्य समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यसो बताएका छन् । 
नेपाली कांग्रेस बागमतीका प्रदेश सभापतिसमेत रहेका बानियाँले मुलुक निर्वाचनमा गएकाले पार्टीभित्र थप एकता आवश्यक रहेको बताएका छन्।निर्वाचन प्रति लक्षित गर्दै बानियाँले अब पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार चयन गर्नेछ र टिकट नपाउनेले अन्तरघातमा लाग्न नहुने भन्दै एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । मुख्यमन्त्री बानियाँले ललितपुरको सिमानमा पर्ने बतिनिबाट मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमा मोटरेवल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो ।कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सहसचिव इन्दिरा न्योपाने, क्षेत्रीय सभापति दामोदर खनाल,काँग्रेस मकवानपुरका नेता प्रभात दाहाल, काँग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सभापति रंजन कालाखेती लगायतको उपस्थित थिए ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले बेतिनिको कार्यक्रम सक्काएर मकवानपुर र काभ्रे जोड्ने महाभारत गाउँपालिकामा बागमती नदीमा बन्दै गरेको सिक्रेदोभान पुलको अवलोकन गरका छन्।अवलोकनका क्रममा बानियाँले आगामी वैशाखभित्र पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिएका थिएका थिए । 

594428353_147738004002517-1765203772.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg