१२ पुस,हेटौडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाको २९ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहका अध्यक्ष धितालले संस्थागत प्रतिवेदन, सचिव अमुना सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले आव ०८१र०८२ को लेखा परिक्षण प्रतिवेदन र चालू आव ०८२र०८३ को लागि ७२ लाख २९ हजारको अनुमानित आयब्यय विवरण र लेखा समिति संयोजक राजकुमार फुयालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ सदस्य ठूलीमाया पाख्रिन, पूर्ण बहादुर राई,निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाई, सदस्य रामहरि चौलागाई, साधुराम चौलागाई, वन अधिकृत हेम कुमार पाठक लाई सम्मानित गरिएको थियो । यसैगरी सञ्चारकर्मी तर्फ मनोज देवकोटा, कार्यसमितिका पदाधिकारी, विधार्थी सौरभ सापकोटा र अनुष्गा हुमागाई लगायतकालाई समेत पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा ६ का वडा सदस्य विजय पौडेल हेटौडा ( ६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई,, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई , जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, सव डिभिजन वन कार्यालय, हेटौडाका वन अधिकृत बच्चुराम सुवेदी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी वनका अध्यक्ष प्रकाश कार्की , जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी लगायतको आतिथ्यता रहेको थियो ।
१ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ८ सय ५० घरधुरी आवद्व रहेका छन । वनले सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार २०५७ बाट सम्मानित भइसकेको छ । साधारणसभाले विभिन्न १४ वटा प्रस्तावहरु सर्वसम्मत पारित गरेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)