Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिद्धार्थको स्वर्ण जयन्ती समारोहको उद्घाटन मुख्यमन्त्रीले गर्ने

615901933_382062555490667-1768311051.jpg

२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको  ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने जनाएको  छ। विद्यालयले मंगलबार पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै बिभिन्न  कार्यक्रमको आयोजना  गर्दै स्वर्ण जयन्ती मनाउने जनाएको हो । 

पत्रकार भेटघाटमा विद्यालयका बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले माघ २ गतेदेखि ८ गतेसम्म विविध शैक्षिक, सामाजिक, स्वास्थ्य तथा सांस्कृतिक कार्यक्रम सहित स्वर्ण जयन्ती समारोह मनाउन लागेको र विधिवत रुपमा माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने बताएका छन् ।

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा विद्यालयले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै पुष २४ र २५ गते हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ। त्यसैगरी पुष २८ गते विद्यार्थी लक्षित दन्त परीक्षण शिविर सम्पन्न गरेको पत्रकार भेटघाटमा प्रअ कर्णले बताएका छन् । महोत्सवको तयारी स्वरूप माघ २ गते विद्यालय परिसर सरसफाइ तथा रङ्गरोगन गरिनेछ।

माघ ३ गते बिहान ७ बजे रक्तदान कार्यक्रम तथा बिहान १०ः३० बजेदेखि शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिने बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले बताएका छन् । माघ ४ गते बिहान १० बजेदेखि झाँकी र्यालीसहित महोत्सवको औपचारिक उद्घाटन गरिने जनाइएको छ । 
माघ ५ गते बिहान ७ः३० बजे पूर्व विद्यार्थी भेला तथा बिहान १० बजेदेखि विद्यालयका विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ । यस दिन बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहने बिद्यालयका शिक्षक गणेश प्रसाद हुमागाईले बताएका छन् ।

त्यसैगरी माघ ६ गते बिहान ११ बजेदेखि नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिनेछ, जसमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनेछन्। महोत्सवमा माघ ७ गते बिहान ११ बजेदेखि विद्यालयको बृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक एवं खेलकुद पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालयले जनाएको छ।

यसैगरी कार्यक्रमको समापन माघ ८ गते हुने छ । यस कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा रहेको बिद्यालयका स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताएका छन् । हेटौँडा वडा नम्बर २ मा रहेको एक मात्र सामुदायिक विद्यालय २०३२ साल माघ ८ गते सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको थियो । विद्यालयका हाल १२ सम्म अध्ययन अध्यापन हुदै आएको र विद्यालयमा करिब २ हजार विद्यार्थी अध्ययनरत  छन् । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, हेटौँडा २ का वडा सदस्य सुरज बर्तौला, इन्द्र रिजाल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg