Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कैलाश गाउँपालिकाबाट विभिन्न व्यक्ति सम्मानित

IMG-20260114-WA0007-1768391142.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ भने योग्दान पुर्याउने विभिन्न व्यक्ति,कर्मचारीलाई सम्मान गरेको छ । पालिकाको १७ औ हिउँदे अधिवेशनमा ७ जना चेलीहरुलाई सम्मान गरेको हो ।
सभामा चेली प्रोत्साहन कार्यक्रम अन्तरगत चेलीहरु सहित विभिन्न क्षेत्रका कर्मचारी र व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो । १२ कक्षा उतिर्ण पश्चात २० वर्ष पुरा भई विवाह गर्ने ७ जना चेलीहरुलाई नगद वीस हजार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कैलाश-९ की आइस्का थापा, कैलाश १० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश १ की विमला थापामगर र रीता थापामगर, कैलाश २ की पुष्पा प्रजा, कैलाश ५ की सिर्जना दर्लामीमगर रहेका छन् । त्यसैगरी स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई नगद सहित सम्मान गरिएको थियो ।
यसैगरी प्रशासन तथा प्राविधिकतर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश ९ मा कार्यरत सव इन्जिनियर धिरेन्द्र राई, कैलाश २ का वडा सचिव नितेश कुमार यादव, कैलाश १ का सामाजिक परिचालक राजकुमार मुक्तान, कैलाश ८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै, शिक्षा क्षेत्रतर्फ एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा कमलादेवी माध्यमिक विद्यालय, एसईइमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगद सहित पुरस्कृत गरिएको थियो । यसैगरि सेवा निवृत पूर्व प्रअ मोहन शिवाकोटी, प्रधानाध्यापकद्धय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, शिक्षकमा प्रावितर्फ सन्तोषी साह र लक्ष्मण प्रसाद बर्तौला, निमावितर्फ मञ्जुकुमारी कार्की र परमानन्द झा, प्रारम्भिक वाल विकास सहजकर्तातर्फ बुद्धिमाया मुक्तान, विद्यालय कार्यालय सहयोगीद्धय सिंह बहादुर प्रजा र पदमराज रुम्बालाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश ८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ, कृषकतर्फ सुर्यबहादुर थिङलाई नगद सहित सम्मान गरिएको थियो । गाउँसभा पालिका अध्यक्ष लोक बहादुर मुक्तानको सभाध्यक्षतामा भएको हो ।

IMG-20260114-WA0008-1768391143.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg