Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नक्कली उद्धारमार्फत ठगेको आरोपमा ६ जना पक्राउ

tour_img-1308569-146-1769391397.jpg

फाइल तस्विर

१२ माघ, हेटौंडा । नेपालको पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकहरूलाई लक्षित गरी नक्कली उद्धारमार्फत अर्बौँ रुपैयाँ ठगी गर्ने ठूलो गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीले साढे दुई महिनाको विस्तृत अनुसन्धानपछि तीनवटा कम्पनीका ६ जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिसका रविन्द्र अधिकारी र विवेकराज थपलिया, माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमाल र विवेक पाण्डे, तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्सका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्।
उनीहरूले हिमाली क्षेत्रमा सामान्य टाउको दुखाइ वा थकान भएका पर्यटकलाई पनि ‘एक्युट माउन्टेन सिकनेस’ भएको भनी झूटो रिपोर्ट बनाएर अनावश्यक रूपमा हेलिकप्टरमार्फत उद्धार गर्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूबाट मोटो रकम असुल्ने गरेको पाइएको छ।
सीआईबीको अनुसन्धानले यो गिरोहले निकै योजनाबद्ध ढंगले ठगी गर्ने गरेको देखाएको छ । उनीहरूले चार्टर उडानलाई उद्धारमा रूपान्तरण गर्ने, एउटै उडानमा धेरै बिमा दाबी गर्ने र निजी अस्पतालहरूसँगको मिलेमतोमा फर्जी बिल तयार पार्ने गरेको खुलेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg