Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

जनताको जीवनस्तर र अवस्था बदल्न केन्द्रित हुनुपर्नेमा मूख्यमन्त्रीको जोड

IMG-20260130-WA0001-1769748443.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शहीदको सपना साकार पार्न अब व्यवस्था परिवर्तनमा अल्झिनु भन्दा पनि यही व्यवस्थाभित्र जनताको जीवनस्तर र अवस्था बदल्न केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । 
शहीद दिवसकाे अवसरमा शहीद स्मारक हेटौंडामा आयाेजना भएकाे सहिद दिवस २०८२ समाराेहलाई सम्बाेधन गर्दै उनले नेपालमा अब राणा र राजा फालेर जनताको सर्वोच्च व्यवस्था गणतन्त्र स्थापना भइसकेकोले थप राजनीतिक परिवर्तनका लागि कसैले शहीद हुनु नपर्ने बताए । शहीदको त्याग र बलिदानबाट पछिल्लो समय प्राप्त भएकाे संघीय लाेकतान्त्रिक गणतन्त्रकाे व्यवस्थाले सबै जातजाति, धर्म र समुदायकाे अधिकार रक्षा गर्ने हुँदा अब यहि व्यवस्थाकाे रक्षा गर्दै समृद्धिकाे यात्रामा अघिबढ्नुपर्नेमा उनको जोड थियो ।
नेपालको झण्डा काँधमा राखेर आफ्नै देशको केन्द्र सिंहदरबार जलाउने कार्य नेपालीको हुनै नसक्ने भन्दै पछिल्लो समय भएका केही अराजक गतिविधिप्रति उनले कडा आलोचना गरे । मुख्यमन्त्री बानियाँले नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाहरूबाट जोगिन र मुलुकलाई समृद्ध बनाउन सिङ्गो राष्ट्र र राजनीतिक दलहरूलाई एकजुट हुन आह्वान गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयाेजना गरेकाे कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख दिपक प्रसाद देवकोटाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा शहीद स्मारक विकास समिति अध्यक्ष तथा पुर्व मुख्यमन्त्री डाेरमणी पाैडेलले मन्तव्य राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg