२० फागुन,हेटौंडा । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदानका लागि सबै तयारी पूरा गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सुरु हुने मतदानका लागि जिल्लाका १० ओटै स्थानीय तह अन्तर्गत मतदानस्थलमा बुथ निर्माण, घेराबार, लाइन व्यवस्थापनको तयारी पुरा भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।
मकवानपुरका १६७ मतदानस्थल अन्तर्गत ३७४ मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री तथा अशक्त मतदाताका लागि छुट्टै लाइनको व्यवस्था गरिएको बताइएको छ ।
जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन्। तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन्।
मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार रहेका छन्। यस पटक रातो रङको मतपत्र प्रत्यक्ष तर्फ र कालो रङको मतपत्र समानुपातिक तर्फ रहेको छ । मतदानको समय बिहान ७ बजेबाट साझॅं ५ बजे सम्मलाई तोकिएको छ। यस पटक मतगणना हेटौंडा ४ मा रहेको भुटनदेवी मा वि मा कायम गरिएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















