Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक

New-Project-2026-03-04T11-1772670266.jpg

२१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ ।

आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज (बिहीबार) बिहान १२ बजेदेखि साँझ  ५ बजेसम्म (मतदान कार्य नसकिउन्जेल) सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । मतदान प्रक्रियालाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले मतदान अवधिभर सर्वसाधारणले प्रयोग गर्ने बस, माइक्रो, ट्याक्सी र व्यक्तिगत सवारीसाधनहरू सञ्चालन गर्न पाइने छैन ।

निर्वाचनको दिन मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मुख्यतया तीन प्रकारका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ । अति आवश्यक सेवाका सवारीसाधन अन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चारका सवारीसाधनका साथै खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरूलाई निर्बाध सञ्चालन गर्न दिइनेछ । यसका साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनहरूले मात्र सडकमा गुड्ने अनुमति पाउने आयोगले स्पष्ट पारेको छ ।

हवाई यात्रा गर्ने यात्रुहरूको हकमा भने आयोगले विशेष सहजताको व्यवस्था मिलाएको छ । निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुहरूले विमानस्थलसम्म जान वा विमानस्थलबाट घर फर्किनका लागि आफ्नो निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउनेछन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg