२८ फागुन,हेटौंडा । मकवानपुरको मनहरीमा प्रहरी माथि बन्चरो प्रहार भएको छ ।
बुधबार राति मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीचौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङ नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्दा शनिश तितुङ सहितका अन्य व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणपछि प्रतिकारस्वरूप असई दिलबहादुर तामाङले आफुले बोकेको पेस्तोलबाट एक राउण्ड गोली चलाएको र उक्त गोली लागी तितुङ घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिप्रकाबाट डिएसपी पुष्कर बोगटीको टोली घटनास्थल पुगेर हेटौंडा १२ रमनटारका अन्दाजी २४ वर्षीय सन्जय जिम्बा ,सोही स्थान बस्ने अन्दाजी ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताएका छन्।
घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको जनाइएको छ ।
दुवै घाइतेलाई हेटौँडा ११ स्थित चुरेहिल अस्पताल ल्याइएको र गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जनाइएको छ । घाइते प्रहरी असई तामाङको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको मकवानपुरका सिडिओ वसन्त अधिकारीले जनाएका छन्।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




