९ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज जित निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । योसँग नेपालले टि-ट्वान्टी सिरिज बराबरी गरेको छ ।
१२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा लक्ष्य भेट्टायाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १२ चौका र २ छककासहित ८२ रन बनाए ।
यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २३ कुशल मल्लले १९ बनाए । आजको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्तोष यादव एक रनमा आउट भए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै केबल ६ रन खर्चिए । नेपालका हेमन्त धामीले दुई तथा नन्दन यादव र शाहब आलमले समान एक विकेट लिए ।
यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन बनाए ।
यसअघि सोमबार भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले हार व्यहोरेको थियो ।
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

















