Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल

IMG-20260423-WA0033-1776947326.jpg

१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर खनाल नियुक्त भएका छन् । 
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रभात तामाङले  बताएका छन् । 
यसअघि बानियाँको राजनीतिक सल्लाहकार रहेका कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त पदमा बानियांले खनाललाई नियुक्त गरेका हुन्। खनाल बकैया गाउॅपालिकाका पुर्व अध्यक्ष समेत हुन् । 

त्यसैगरी  सरकारको बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकार नियुक्तिसॅंगै नीति स्वीकृति, ऐन संशोधन र प्रशासनिक जिम्मेवारी हेरफेरसहित १४ वटा निर्णय गरेको छ।प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रभात तामाङले बैठकका निर्णय सार्वजनिक गर्दै बागमती प्रदेश विश्वविद्यालयका संरक्षकमा डा. प्रेमनारायण अर्याललाई नियुक्त गरिएको जानकारी दिए। यस्तै, सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरिएको छ।मन्त्रिपरिषद् बैठकले प्रशासनिकतर्फ सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी दिएको छ। यसअघि सो मन्त्रालय सम्हाल्दै आएका बाबुराम पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सीमित गरिएको छ।
नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने निर्णय भएको छ भने स्वास्थ्य सेवाका ११औँ तहका अधिकृत डा. अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गरेको छ। साथै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
यसैगरी, नीतिगत रूपमा बैठकले द्वन्द्वकालमा नष्ट भएका अभिलेख प्रमाणीकरणका लागि कार्यसम्पादन मूल्यांकनसम्बन्धी नयाँ नीति पारित गरेको छ। यस्तै, ‘गरिबी निवारण नीति २०८२’ र शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
बैठकले कानुनीतर्फ प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ का मस्यौदालाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ।
यसैगरी, त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी संशोधित गठन आदेश स्वीकृत गरिएको छ भने आगामी आर्थिक वर्ष ०८३/८४ का लागि स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम पनि पारित गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार