Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै

Screenshot_20260518_07103-1780886138.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने  भएको हो ।
बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछन्। यसैगरी, अर्थमन्त्रीले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, सन्धीसम्बन्धी कार्य अन्तर्गत माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेश गर्ने कार्यसूची रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

प्रतिनिधि सभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1780886138.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने  भएको हो । बैठकमा राजस्व र...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1780622656.jpg

२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg