Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

तीन प्रदेशमा मनसुनको प्रभाव

water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ४-५ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र तराईमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ, तराईमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको छ।
शनिबार दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा,  बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार