Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन

Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै समग्र टोलीतर्फ पनि शीर्ष स्थान हासिल गरेको छ ।
प्रतियोगितामा आर्मीले पुरुषतर्फ ६ स्वर्ण, ६ रजत र पाँच कांस्य तथा महिलातर्फ पाँच स्वर्ण, पाँच रजत र एक कांस्य गरी कुल ११ स्वर्ण, ११ रजत र ६ कांस्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भयो । वाग्मती प्रदेश दुई स्वर्ण, आठ रजत र १२ कांस्यसहित दोस्रो तथा नेपाल पुलिस क्लब दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित तेस्रो स्थानमा रह्यो ।
महिलातर्फ ५१ केजीमा आरती भोम्जन, ५४ केजीमा वर्षा श्रेष्ठ, ६० केजीमा पुनम रावल, ६५ केजीमा चन्द्रकला थापा र ७५ केजीमा निरु गुरुङले स्वर्ण पदक जिते ।
पुरुषतर्फ ५५ केजीमा प्रेम चौधरी, ६० केजीमा नितेश नेपाली, ७० केजीमा गेश कुमार श्रेष्ठ, ८० केजीमा दीपक श्रेष्ठ, ९० केजीमा मदन कार्की तथा ९० प्लस केजीमा गणेश प्रधान स्वर्ण पदक विजेता बने ।
फाइनलका अधिकांश खेलमा आर्मीका खेलाडीले एकतर्फी प्रदर्शन गरे । महिलातर्फका चार तथा पुरुषतर्फका चार फाइनल खेल ५-० अंकले जितिएका थिए भने ९० केजी र ९० प्लस केजीका प्रतिस्पर्धा ३-२ को प्रतिस्पर्धात्मक नतिजामा टुंगिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार