३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ ।
सोमबार ग्रानभिलमा नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमा समेटियो । जर्सीका चार्ली ब्रेनन ८२ रनमा अविजित रहे । डानियल बिरेलले ४१ रन बनाए । नेपालका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए । आरिफ शेखले तीन, करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५० रनको योगफल तयार पारेको थियो ।
नेपाल ३१औँ ओभरमा १५८-२ को अवस्थामा रहँदा वर्षाका कारण करिब डेढ घण्टा खेल रोकिएको थियो । तर, खेल ओभर नघटाइ पुनः शुरु भएको थियो ।
नेपालका कुशल भुर्तेल सर्वाधिक १०५ रनको योगदान गरे । उनले ११७ बल खेल्दै १३ चौका प्रहार गरे । भीम सार्कीले ३९, हेमन्त धामीले १९, आसिफ शेखले १६, कप्तान रोहितकुमार पौडेलले १५, करण केसी र सन्दीप लामिछानेले १३/१३ तथा आरिफ शेखले ११ रन बनाए ।
जर्सीका डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनउडले दुई/दुई विकेट लिँदा जर्ज रिचार्डसन र चाल्र्स पर्चार्डको नाममा एक विकेट रह्यो ।
श्रृंखलाको दोस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित श्रृंखला जुलाई २१ देखि शुरु हुँदै छ ।
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















