Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालको जर्सीसँगको दोस्रो जित

avyas-khel-1783989452-1784169021.jpg

फाइल तस्विर

३२ असार, हेटौंडा । नेपालले जर्सीसँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि जित हात पारेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा नेपाल डीएलएस पद्धतिअनुसार सात रनले विजयी भएको हो ।  
पहिलो खेलमा नेपालले ८१ रनको जित निकालेको थियो । एनसीसी ग्रानभिलमा घरेलु टोली जर्सीले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
नेपालका इशान पान्डेले सर्वाधिक ९० रनको योगदान गरे । कुशल भुर्तेलले ५२, भीम सार्कीले ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रन जोडे ।
जर्सीका लागि चाल्र्स पर्चार्डले दुई तथा जुलियस समरायर र स्कट भान ब्रेडाले एक–एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रनको योगफल तयार पारेको थियो । जर्सीका लागि प्याट्रिक गजले सर्वाधिक ९५ रनको योगदान गरे । ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रीनउडले ३२ र जोन्टी जेनरले २७ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई-दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो । 
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित श्रृंखला जुलाई २१ देखि शुरु हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार