२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् । हेटौंडा-६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क) को प्रदेशद्वार उद्घाटन तथा विपि, गणेशमान, मनमोहन र पुष्पलालको शालिक अनावरण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए । विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको बताए । उनले प्रदेशमा 'संगठन तथा व्यवस्थापन संरचना' छिटै टुंगो लगाएर मन्त्रालय अनुसार नै मन्त्रीको संख्या कायम हुने बताए । हाल केही मन्त्रीहरूलाई विषयगत क्षेत्रको जिम्मेवारी दिएको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिक सञ्जालमा नकारात्मकता र गालीगलौजको संस्कृति बढेको र मोबाइल हेरेर ठिक/बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पुर्याउने बताए । उनले प्रदेश सरकार रहेकै कारण स्थानीय तहसम्म विकास पुगेको बताउँदै यसबारे सकारात्मक सन्देश प्रवाह गर्न प्रदेशबासीसंग आग्रह गरे । उनले प्रदेश सरकारले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, गरिव परिवारलाई एक हजार घर बनाउने जस्ता काम गरिरहेको बताए ।
रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपप्रमुख राजेश बानियाँ, कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, डिभिजनल वन अधिकृत राकेश चन्द्रबंशी, पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तव, वन समूहका कोषाध्यक्ष गोमा लामिछाने, कार्यसमिति सदस्य पूर्णभद्र चौलागाईं, समाजसेवी भरत सापकोटा, समूहका कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









