Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे स्पष्ट पार्न वा उक्त अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न माग गरिएको छ। ज्ञापनपत्रमा राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सरकार स्पष्ट हुनुपर्ने कांग्रेसको धारणा उल्लेख गरिएको छ।
त्यसैगरी, सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर तत्काल फिर्ता लिन, सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न पनि माग गरिएको छ। ज्ञापनपत्रमा विद्युत् सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन, विद्युत् उपभोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न तथा पेट्रोलियम पदार्थको प्रयोग घटाउने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, भूमि ऐन २०२१ र वन ऐन २०७६ का अव्यावहारिक कानुनी व्यवस्थाका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको भन्दै उचित बसोबासको व्यवस्था नगरी प्रहरी प्रशासन परिचालन गरेर घरटहरा हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेस मकवानपुरले सरकार जनभावनाप्रति संवेदनशील भई ज्ञापनपत्रमा उठाइएका विषयमा शीघ्र सम्बोधन गर्न आग्रह गर्दै बेवास्ता गरिए लोकतान्त्रिक, रचनात्मक र शान्तिपूर्ण विरोधका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।
कार्यक्रममा पार्टीका पूर्व सभापति रघुरमण न्यौपाने, सचिव इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, नगरसभापति उत्सव इटेनी, केन्द्रीय प्रतिनिधि बद्री अर्याल, प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, जिल्ला तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार