७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सिएम’ (Hello CM) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित ‘हेलो सिएम डेस्क’ को शुभारम्भ गर्दै प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुआत भएको बताएका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेशवासीले दैनिक जीवनमा भोग्ने समस्या, गुनासा र उजुरी अब सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र तिनको प्रभावकारी सुनुवाइ तथा कार्यान्वयन सुनिश्चित गरिने बताए। उनले जनताको आवाज सरकारसम्म सहज रूपमा पुर्याई सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको स्पष्ट पारे।
“सरकार जनताबाट टाढा होइन, जनताकै बीचमा हुनुपर्छ। नागरिकले उठाएका हरेक जायज गुनासा र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइनेछ,” मुख्यमन्त्री बानियाँले भने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ‘हेलो सिएम’ मा प्राप्त हुने गुनासाहरूको प्रकृति अनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइनेछ। प्राप्त उजुरीहरूको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिनेछ भने कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरणसमेत गरिने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने जनाइएको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताका समस्यालाई उच्च प्राथमिकतामा राखेर शीघ्र समाधान गर्न सम्बन्धित निकायका कर्मचारी तथा पदाधिकारीलाई निर्देशन दिएका थिए।
प्रदेश सरकारले ‘हेलो सिएम’ लाई जनगुनासो व्यवस्थापनको प्रभावकारी माध्यमका रूपमा विकास गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















