८ साउन, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्स सँग ६ विकेटले पराजित भएको हो। यसअघि नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य डच टोलीले ३५ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्यो। उसका लागि कप्तान स्कट एड्वार्डले ८९ बलमा २ चौका र १ छक्काको सहयोगमा ६१ रनको अविजित इनिङ खेल्दा उनलाई नोवाच क्रोसले ३४ रनमा नटआउट साथ दिए।
यी दुईले पाँचौं विकटका लागि ८५ रनको अविजित साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए। त्यसअघि सेड्रिक डि लाङ्ग र जाच लियोन काच्टले समान २१-२१ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान १-१ विकेट लिए।
त्यसअघि नेपाल ४४.४ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमा समेटिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालक लागि आरिफ शेखले ९० बलमा ४१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक गुल्सन झाले २९ रन बनाउँदा सोमपाल कामीले १० रन तथा करण केसीले १३ रन बनाएका थिए।
त्यस्तै आसिफ शेखले १४ रन बनाउँदा अन्यको प्रदर्शन गतिलो रहेन्। नेपाललाई सामान्य स्कोरमा समेट्ने क्रममा डच टोलीका लागि एलेक्स रोय र रोएलअफ भान डेर मेरविले समान ३-३ विकेट लिए। त्यस्तै लोगन भान विकले २ तथा क्याली क्लेइनले १ विकेट लिएका थिए।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















