Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई

IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदेश सरकारलाई निरन्तरता दिन आवश्यक राजनीतिक समर्थन जुटाउने जिम्मेवारी दिएको छ।
आज ललितपुरमा बसेको बैठकले नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारमा सहभागी मन्त्रीहरूले समेत राजीनामा दिएको अहिलेको परिस्थितिमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित तथा मौखिक समन्वय गरी समर्थन जुटाउने निर्णय गरेको हो । यसका लागि पार्टीको केन्द्रीय नेतृत्वसँग समन्वय गर्दै आवश्यक पहल गर्ने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई सर्वसम्मत रूपमा प्रदान गरिएको छ ।
बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
त्यसैगरी, कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज–कप्तानगञ्जमा भएको दुःखद घटनाप्रति पनि बैठकले दुःख व्यक्त गरेको छ। ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । 
बैठकले देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै थप हिंसा र क्षति हुन नदिन सबै पक्षलाई धैर्य, संयम र संवादमार्फत समस्या समाधानतर्फ अग्रसर हुन हार्दिक अपिल गरेको छ । साथै, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावकारी कदम चाल्न बागमती प्रदेश सरकारलाई संसदीय दलले आग्रह गरेको छ ।

IMG-20260730-WA0002-1785415767.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार