Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कि मलाई समर्थन गर्नुस्, कि बहुमत पुर्याउनुस्: बानियाँ

Meeting-1785769054.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि आफुलाई समर्थन गर्न वा बहुमत पुर्याउन बागमती प्रदेशसभामा रहेका दलहरुसंग आग्रह गरेका छन् । 
मुख्यमन्त्री बानियाँले आज प्रदेश सुशासन केन्द्र ललितपुरमा सर्वदलीय बैठकको आयोजना गर्दै सत्ता साझेदार दल नेकपा एमालले समर्थन फिर्ता लिएपछि अन्यौलको अवस्था सिर्जना भएकाले आफुलाई नै समर्थन गरेर अघि बढ्न वा यथाशिघ्र बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि आग्रह गरेका हुन् । आफुले यसअघि नै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए मार्ग प्रशस्त गर्न तयार रहेको स्पष्ट परेको बताउँदै उनले तर हालसम्म पनि दुई दलले बहुमत पुर्याउन नसकेपछि अस्थिरता चिर्दै निकासका लागि सर्वदलीय बैठक बोलाएको बताए । अहिलेको अवस्थाले प्रदेशलाई अनिर्णयको बन्दी बनाएको तर्फ बानियाँले चिन्ता व्यक्त गर्दै दुई दलबाट बहुमत सिद्ध गर्न नसकिरहेको अवस्थामा आफुलाई नै समर्थन गरे चाँडो भन्दा चाँडो विश्वासको मत लिएर प्रदेशमा राजनैतिक स्थिरता दिने समेत दलहरुलाई अनुरोध गरेका थिए । उनले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट पारित भईसकेको अवस्थामा यसलाई कार्यान्वयन गरेर नागरिकको आकांक्षा पुरा गर्न आफु नेतृत्वको सरकार तत्पर रहेको बताए । नेकपा एमालेलाई पनि समर्थन फिर्ताबारे पुनर्विचार गरी पुनः समर्थन दिन आग्रह गर्दै बानियाँले अन्य दललाई राजनैतिक अन्यौलताको अन्त्यका लागि आफुलाई सहयोग गर्न आग्रह गरे । उनले सरकारमा नगएपनि आफुलाई समर्थन गरेर अघि बढ्न सकिनेतर्फ समेत दलहरुको ध्यानाकर्षण गराएका थिए । बानियाँले संसदमा रहेका सबै दललाई आफुलाई समर्थनका लागि लिखित अनुरोध समेत गरेका थिए ।
बैठकमा सहभागी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुर सिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल, नेकपा एमालेका नेता मधुसुदन पौडेल, नेकपाका रत्न ढकाल लगायतले राजनैतिक अस्थिरता अन्त्यका लागि प्रयासरत रहेको बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार