Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गौरीटार रंगशाला अवलोकनपछि यस्तो भने धुर्मुसले

Dhurmus-Abalokan-1522822982.JPG

२१ चैत, हेटौँडा । हाँस्य कलाकार सिताराम कट्टेल धुर्मसुले बुधबार हेटौँडा–६ मा रहेको गौरीटार रंगशालाको अवलोकन गरेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको खोजि गरिरहनु भएका उहाँले गौरीटारस्थित रंगाशाला अवलोकन गरेका हुन् । गुरुयोजनासहित राष्ट्रिय खेलकुद प्रतिष्ठान निर्माणको क्रममा रहेको रंगशालाको जग्गा अवलोकन गर्न मूख्यमन्त्री डोरमणी पौडेलसहित धुर्मुसको टोली पुगेको थियो । अवलोकनपछि मूख्यमन्त्री पौडेलले आफुहरु यो रंगशालालाई खेलकुद पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानमा लागेकोले धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट रंगशालालाई जग्गा उपलव्ध गराउन तयार रहेको बताए ।
२३ विगाह क्षेत्रफलमा फैलिएको रंगशालालाई प्रतिष्ठानको रुपमा विकास गरी सबै खाले विधाका खेलका प्रतियोगिता र अभ्यास संचालन गर्ने लक्ष्य सरकारले राखेर संरचनाहरु निर्माणाधिन छन् । गुरुयोजनामा क्रिकेट रंगशाला समेत रहेकाले धुर्मुसलाई जग्गा उपलव्ध कुनै कठिनाई नहुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । धुर्मुसले भने भौगोलिक हिसावले रंगशालाको जग्गा उपयुक्त रहेको भन्दै आईसिसीको मापदण्ड अनुसार प्राविधिक दृष्टिकोणले उपयुक्त देखिए काम अघि बढाउने बताए ।
अवलोकनका क्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, पूर्व अध्यक्ष बालकृष्ण चौलागाई, कार्यालय प्रमुख खुसराज दाहाल, वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई लगायत अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार