Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न

IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । 
हेटाैंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष रामहरी चाैलागाईकाे सभाध्यक्षतामा साधारणसभा भएको हाे ।
साधारणसभालाई सम्वाेधन गर्दै मेयर लामाले दुग्ध  उत्पादक किसानले दूधकाे उत्पादनमा गरेकाे काम प्रशंसनीय रहेको बताइन् ।
अहिले नगरकाे धेरै वडामा दुग्ध उत्पादन र विभिन्न  कृषि सम्वन्धी काममा उपमहानगरपालिकाले सहयाेग गरेकाे बताउँद‌ै भाेलीका दिनहरुमा समेत सहयाेगले निरन्तरता पाउने बताइन् । उपमहानगरपालिकाले प्रविधिमैत्री, किसानमैत्री र कृषिमैत्री कार्यक्रमलाई जाेड दिएकाे उनको भनाई छ । 
साधारणसभामा संस्था अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, संस्था उपाध्यक्ष एवं कृषक हितकाेषका संयाेजक केशव धितालले हितकाेषकाे प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयाेजक जयराम घिमिरेले  लेखा समितिकाे प्रतिवेदन र पशु स्वास्थ्य समितिका संयाेजक सूर्यप्रसाद दुलालले पशु स्वास्थ्यसम्वन्धी प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाकाे अवसरमा विभिन्न विधाका उत्कृष्ट  किसान बचतकर्ता, ऋणी, सञ्चारकर्मी, कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियाे । उत्कृष्ट  ऋणीतर्फ खिलकुमारी सुवेदी, देवकी तिवारी, उत्कृष्ट  बचतकर्ता ध्रुवराज शर्मा, राेशना नेपाल र रामहरी राईलाई पुरस्कृत गरिएको थियाे । यसैगरी, बढी दूध विक्री र पशुआहार खरिद गर्ने बासुदेव अधिकारी र अशिष मल्ल, बढी पशु आहार खरिद गर्ने रामनाथ बास्ताेला, बढी दूध विक्री गर्ने रामकृष्ण दुलाल, गुणस्तरीय दूध विक्री गर्ने सूर्यप्रसाद दुलाल र श्यामप्रसाद न्याैपानेलाई समेत पुरस्कृत गरिएको थियाे । 
साधारणसभामा भाडा सफा गर्ने शारदा तिमल्सिना, गाेठ सफा राख्ने गिता भट्टराईलाई पुरस्कृत गरिएको  थियाे ।
संस्थाले गरेका विभिन्न कार्यहरुकाे प्रचार प्रसार गराई संस्थाकाे लाेकप्रियता बढाउन महत्त्वपूर्ण  याेगदान गरेकाले सञ्चारकर्मी कपिल खडकालाई समेत साधारणसभामा सम्मान गरिएको  थियाे  । साधारणसभामा संस्थाका ब्यवस्थापक लक्ष्मण सापकाेटा, सहायक रामकृष्ण  दुलाल र बलराम सञ्जेललाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको  थियाे । 
साधारणसभामा हेटाैंडा उपमहानगरपालिका ६ नं वडा अध्यक्ष विष्णुबहादुर दाहाल, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायणप्रसाद देवकोटा, पुर्व  अध्यक्ष बासुदेव अधिकारी, बासुदेव सापकाेटा, साधुराम चाैलागाई, श्यामप्रसाद न्याैपाने, केशवप्रसाद सञ्जेल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना, नारायणी  दुग्ध  सहकारी  अध्यक्ष शिवप्रसाद सञ्जेल, चाैघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनकी काेषाध्यक्ष गाेमा लामिछाने, मकवानपुर जिल्ला दुग्धकर्मी बचत तथा ऋण  सहकारी संघका सल्लाहकार कुमारमणी दहाल, पत्रकार, शेयर सदस्य लगायतकाे आतिथ्यता रहेकाे थियाे । 
संस्थाका व्यवस्थापक लक्ष्मण सापकाेटाका अनुसार संस्थामा ३ सय ३० जना शेयर सदस्य आवद्व रहेका छन् भने शेयर पूजी १२ लाख ८४ हजार नाै सय रहेकाे छ । संस्थाले दुग्ध खरिद, बिक्रि, पशु आहार खरिद विक्री, पशु विमा लगायतका काम गर्दै आएकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार