Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आज माता चन्द्रघण्टा देवीको पूजा

dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन् । नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ ।
धर्मशास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले यिनको नाम चन्द्रघण्टा रहन गएको हो । स्वर्णजस्तै चम्किलो शारीरिक वर्ण भएकी देवी चन्द्रघण्टा दश बाहु (हात) ले युक्त छिन् । उनले हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षमाला धारण गरेकी छन् भने वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी छन् । 
सिंह वाहन भएकी देवी चन्द्रघण्टाको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा नकारात्मक शक्तिहरू डराउने शास्त्रीय मान्यता छ । वैज्ञानिक दृष्टिले यिनलाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ भने नित्य पूजाका क्रममा साधकहरूले मणिपुर चक्रमा यिनको ध्यान गर्दछन् ।
पूजाका क्रममा दुर्गा सप्तशती चण्डीको तेस्रो अध्याय पाठ गरिन्छ भने शक्तिशाली देवी मन्त्र ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ १०८ वा १००८ पटक जप गरी भजन-आरती गरिन्छ । साथै, ‘या देवी सर्वभूतेषु माँ चन्द्रघण्टा रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।’ मन्त्र उच्चारण गर्दै देवीको स्तुति गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार