२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।
त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानलाई हराउँदै नेपालले आफ्नो एकदिवसीय वरियता जोगाउने सम्भावना लगभग निश्चित गरेको छ।
नेपालले ओमानलाई जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो। जवाफमा ओमान १ सय ५० रनमै समेटियो।
ओमानका लागि कप्तान विनायक शुक्लाले ७७ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक जतिन्द्र सिंहले १८ रन बनाउँदा जय ओडेड्राले २५ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।
नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले ३-३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले ४० रन बनाउँदा इशान पाण्डेले ३७ रन बनाए। त्यस्तै, रोहित पौडेलले सर्वाधिक ६१ रन प्रहार गरेका थिए। पौडेलले यसअघि क्यानडासँगको खेलमा शतक प्रहार गरेका थिए।
मध्यक्रमले पनि दोहोरो स्कोरमा रन बनायो। बसिर अहमदले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन बनाए। अन्तिम समयमा करण केसीले १६ बलमा ४० रनको विष्फोटक इनिङ्स खेल्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भएको थियो।
ओमानका लागि साह फैसल, सकिल अहमद, करण सोनाभाले समान २-२ विकेट लिँदा हसिनान साहले १ विकेट लिएका थिए।
जितपछि नेपालले अंकतालिकामा ३४ खेलबाट २८ अंक बनाएको छ। नेपाल क्यानडाभन्दा ३ अंकले अघि रहँदै छैटौं स्थानमा रहेको छ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













