Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

११ नम्वर वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

Volleyball-1-1523459000.jpg

२८ चैत, हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ र हेटौंडा ११ नम्वर वडाको संयुक्त आयोजनामा  वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारबाट हेटौँडा ११ नवलपुरमा  शुरु भएको छ ।  

बुधबार भएको उद्घाटन  खेलमा आयोजक नव यूवा क्लब, कृष्णमन्दिर टोल विकास संस्था  र तल्लो ताल टोल विकास संस्था विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा आयोजकले दुम्सीडाँडा टोल विकास संस्था ‘ए’ लाई १७–२५, २५–१२ र १५–६ को सेटले पराजित गरेको थियो । यसैगरी दोस्रो खेलमा कृष्णमन्दिरले डाङडाङुलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । बुधबारनै भएको तेस्रो खेलमा सडकटोल टोल विकास संस्थालाई तल्लो तालले २५–२२, २०–२५ र १५–९ को सेटले पराजित गर्न सफल भयो ।  हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व अध्यक्ष रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ११ नवर वडाका सदस्य जुना दहाल, गिता सुनार, त्रिभुवन उच्च माविका प्रधानाध्यापक केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य लक्ष्मी पौडेल, हेटौंडा ११ नेकपा एमालेका अध्यक्ष कृष्णप्रसाद उप्रेती, नेकपा माओवादी केन्द्रका अध्यक्ष देवनारायण चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा ११ मा रहेका आठवटा टोल विकास संस्थाले सहभागिता जनाएको टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार