Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते

IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
काठमाडौंँबाट सर्लाहीका जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस गाडी दुर्घटनामा परेको हो। 
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो। उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट समेत टोली परिचालन गरिएको थियो।
घटनास्थल आसपास खोजतलास गर्ने क्रममा थप दुई जना पुरुषलाई मध्यम घाइते अवस्थामा फेला पारेको थियो। सोही क्रममा पाँच महिला (तीन बालिकासहित) र पाँच पुरुष गरी १० जनाको शव घटनास्थलमा फेला परेको थियो। पछि प्राप्त मृतकको नामावलीमा चालकसहित ११ जनाको विवरण उल्लेख गरिएको छ।
मृतकहरूको विवरणः
१. जिल्ला सर्लाही, कविलासी गाउँपालिका–८ बस्ने अन्दाजी ३० वर्षीय चालक रविशंकरकुमार मण्डल।
२. सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने अन्दाजी २६ वर्षीय बिकेश यादव।
३. सोही स्थान बस्ने अवधेश यादवकी श्रीमती अन्दाजी ३५ वर्षीया पुनम यादव।
४. अवधेश यादवकी छोरी ७ वर्षीया दिक्षा यादव।
५. अवधेश यादवकी छोरी ५ वर्षीया दिपिका यादव।
६. अवधेश यादवकी छोरी १० वर्षीया अनु कुमारी यादव।
७. सोही स्थान बस्ने अन्दाजी ३५/३६ वर्षीय गुड्डु यादव।
८. गुड्डु यादवकी श्रीमती अन्दाजी ३०/३२ वर्षीया गायत्री देवी।
९. सोही स्थान बस्ने अन्दाजी २५/२६ वर्षीय रामदुलार यादव।
१०. सोही स्थान बस्ने अन्दाजी २४/२५ वर्षीय सुबोध यादव।
११. सोही स्थान बस्ने १५ वर्षीय रोहन यादव।
घाइतेहरूको विवरणः
१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने अन्दाजी ३३ वर्षीय मुकेश यादव। टाउको र ढाडमा चोट, अवस्था सामान्य। उपचारपछि दिउँसो १३:४० बजे डिस्चार्ज भएको।
२. सोही स्थान बस्ने गुड्डु यादवका ५ वर्षीय छोरा सक्षमकुमार यादव। शरीरमा भित्री चोट, अवस्था सामान्य। उपचारपछि दिउँसो १३:४० बजे डिस्चार्ज भएको।
३. गुड्डु यादवकै ३ वर्षीय छोरा सुजन यादव। टाउको र मुखमा चोट, अवस्था मध्यम। दिउँसो १३:४० बजे थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको। उपचारमा आफन्त दिनेश यादव संलग्न रहेका छन्।
४. सोही स्थान बस्ने अन्दाजी ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय। टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम। बिहान ०९:०० बजे हेटौंडा अस्पताल भर्ना गरिएकोमा दिउँसो १३:०५ बजे थप उपचारका लागि मनकामना अस्पताल भरतपुर रिफर गरिएको । उपचारमा श्रीमती पूजा यादव संलग्न रहेकी छन्।
५. सोही स्थान बस्ने अन्दाजी २६ वर्षीय देवेन्द्र राय। टाउको र दुवै खुट्टामा चोट, अवस्था मध्यम। बिहान ०९:०० बजे हेटौंडा अस्पताल भर्ना गरिएकोमा उपचारपछि ११:४५ बजे डिस्चार्ज भएका छन्।
६. सोही स्थान बस्ने अवधेश यादवका अन्दाजी १४ महिनाका छोरा सुदीप यादव। घाइते अवस्थामा फेला परेका उनलाई बिहान ०९:४० बजे उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा दिउँसो १३:४० बजे थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। उपचारमा आफन्त दिनेश यादव संलग्न रहेका छन्।
उद्धार कार्यका लागि बिहान १०:४० बजे बागमती प्रदेश प्रहरी गण हेटौंडाबाट प्रहरी निरीक्षक बालकृष्ण पुडासैनीको कमाण्डमा १३ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङ हेटौंडाबाट चार जना गरी थप १७ जनाको टोली परिचालन भएको थियो । टोली दिउँसो १२:०५ बजे घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार