Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन समिति

Cloth1-1474550687.jpg

६ असोज, हेटौँडा । १६ बर्ष अघि बन्द भएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले समिति गठन गरेको छ ।

२०५७ सालदेखि बन्द रहेको उद्योग संचालनबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्यको संयोजक र सदस्यमा अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि, निजि क्षेत्रको तर्फबाट रामएकवाल यादव, विना गौतम र अजय मुडवरी रहेका छन् । समितिले १५ दिनभित्र अध्ययन गरी प्रस्ताव पेश गर्ने छ ।

बन्द अवस्थामा रहेको उद्योग संचालन गर्ने भन्दै यसअघि पनि एक पटक सरसफाई भएको थियो । २०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईको पालामा उद्योग सञ्चालन गर्न भन्दै मर्मतसम्भारका नाममा ८ करोड २९ लाख रुपैँया खर्च गरिएको थियो । त्यसपछि, आर्थिक बर्ष २०६८/०६९ मा उद्योग संचालनका लागि अध्ययन गर्न भन्दै उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडाको संयोजकत्वमा गठित सात सदस्यीय अध्ययन टोली गठन गरिएको थियो ।

२०६९ साल माघ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा कपडा उद्योग लिमिटेड खारेज गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्पत्ति सुम्पिएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि उद्योगको जग्गामा नयाँ उद्योगहरु राख्नका लागि तयारी गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg