Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन समिति

Cloth1-1474550687.jpg

६ असोज, हेटौँडा । १६ बर्ष अघि बन्द भएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले समिति गठन गरेको छ ।

२०५७ सालदेखि बन्द रहेको उद्योग संचालनबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्यको संयोजक र सदस्यमा अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि, निजि क्षेत्रको तर्फबाट रामएकवाल यादव, विना गौतम र अजय मुडवरी रहेका छन् । समितिले १५ दिनभित्र अध्ययन गरी प्रस्ताव पेश गर्ने छ ।

बन्द अवस्थामा रहेको उद्योग संचालन गर्ने भन्दै यसअघि पनि एक पटक सरसफाई भएको थियो । २०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईको पालामा उद्योग सञ्चालन गर्न भन्दै मर्मतसम्भारका नाममा ८ करोड २९ लाख रुपैँया खर्च गरिएको थियो । त्यसपछि, आर्थिक बर्ष २०६८/०६९ मा उद्योग संचालनका लागि अध्ययन गर्न भन्दै उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडाको संयोजकत्वमा गठित सात सदस्यीय अध्ययन टोली गठन गरिएको थियो ।

२०६९ साल माघ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा कपडा उद्योग लिमिटेड खारेज गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्पत्ति सुम्पिएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि उद्योगको जग्गामा नयाँ उद्योगहरु राख्नका लागि तयारी गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा
110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
Screenshot_20240512_08081-1715480606.jpg

३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै
nekapa-ekikrit-samajbadi-1715479505.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्दैछ । स्थायी कमिटी बैठक...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715478979.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

थप समाचार