Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एन्फाको निर्वाचन वैशाख २२ गते हुने पक्का

Anfaaa-1525397535.jpg

२१ बैशाख, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यही वैशाख २२ गते शनिबार नै हुने पक्का भएको छ । काठमाडौं जिल्ला अदालतमा परेको रिटबारे अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतले भनेसँगै निर्वाचन हुने पक्का भएको हो ।
शनिबारका लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधानसम्मत् नभएको उल्लेख गर्दै काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीसहितले रिट दायर गरी निर्वाचन रोक्न अन्तरिम आदेशको मागसहित बुधबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।
रिट राष्ट्रिय खेलकुद परिषद (राखेप), एन्फा, एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाएर दायर गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले बिहीबार ‘उच्च अदालत पाटनको आदेशले स्थगन भएको निर्वाचनअगाडि थालनी गरेको निर्वाचन प्रक्रियाअनुरुप पुनः मिति तोकी निर्वाचन गराउन निर्वाचन समितिले सक्ने देखिएको र उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित भइसकेकाले अन्तरिम आदेश जारी गर्न परेन’ भन्ने निर्णय गरेको छ ।
जिल्ला अदालतले राखेपसहित विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश पनि गरेको छ । यसअघि, चैत १४ का लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानल एन्फा निर्वाचनमा रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार