भीमसेन पौडेल
७ असोज, चौघडा । मकवानपुरगढी –६ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा पुनः निर्मलाकुमारी लम्साल सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको आज भएको चौथो वार्षिक साधारण सभाले लम्सालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
उपाध्यक्षमा मानकुमारी पाख्रिन, सदस्यहरुमा मनकुमारी बल,सकुन्लता गिरी, सुनिताकुमारी लुङवा, मञ्जु योञ्जन, कुमारी गोङवा, भुवनकुमारी तिमल्सिना र सरला थापा चयन हुनु भएको छ । यसैगरी राधिका सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती चयन गरेको छ । सदस्यमा कृष्णमाया पाख्रिन र कल्पनाकुमारी गौतम रहेका छन् ।
साधारण सभामा संंस्थाको विकासमा महत्वपूर्ण सहयोग गर्ने जिल्ला कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेती र सहायक प्रवन्धक ज्योती सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी ज्येष्ठ सदस्य सानुकान्छी थोकर, असली कारोवारी मनमाया भोम्जन, राजकुमारी रुम्वा लगायतकालाई समेत सम्मान गरिएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष निर्मलाकुमारी लम्सालको अध्यक्षतामा साधारण सभा भएको थियो ।
साधारण सभामा डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रती, जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ,चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन दाहाल,नेपाल रेडक्रस सोसाईटी गढीका सभापति रामप्रसाद घिमिरे, पशु सेवा उपकेन्द्र चौघडाका प्रमुख उत्तम लाल दासले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















