१जेठ हेटौंडा ।रसियामा हुने सन २०१८को विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ। यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ।
अहिले घोषणा भएको नामावलीमा केही हेरफेर पनि हुनसक्ने संभावना रहेको टोली ब्यवस्थापनले जनाएको छ।
ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप उपाधीकालागि दावेदार टोली मानिएका छन्। ब्राजिलमा नेयमार, जिसस, कोटिन्हो, फर्मिनो, मार्सेलो, पाउलिन्हो जस्ता खेलाडीहरुले सुसज्जित छ ।
युरोपमा बिभिन्न क्लबहरुबाट खेलिरहेका यी खेलाडीहरु उत्कृष्ट फर्ममा रहेका कारणले पनि ब्राजिलको दावेदारी बलियो देखीन्छ ।
अर्जेन्टिनाकालागि लियोनल मेस्सी, सर्जियो अग्वेरो, पाउलो डिबाला, डि-मारिया, मार्कोस रोजो, म्यानुएल लान्जिनी जस्ता खेलाडीहरुले गर्दा विश्वकपको उपाधि हात पार्ने संभावना धेरै देखिन्छ। विश्वका सबैभन्दा राम्रा खेलाडी मध्य एक लियोनल मेस्सीका कारण अर्जेन्टिनाको संभावना बढ्दै गरेको देखीन्छ ।
मेस्सी एक्लै कुनै पनि बिपक्षी टोलीलाई परास्त गर्न सक्ने खूबी राख्छन। उनलाई आफ्ना टोलीका खेलाडीहरुले सहयोग मात्र गर्न सके अर्जेन्टिनाको विश्वकप यात्रा सुखमय हुनसक्नेछ ।
यसैगरि ब्राजिलका नेयमार पनि यस्ता खेलाडी हुन जस्ले एक्लै बिपक्षीलाई परास्त गर्ने खूबी राख्दछ । उनलाई साथ दिन कोटिन्हो, जिसस, फर्मिनो जस्ता खेलाडीहरु साथमा हुनाले ब्राजिलको धेरै लामो समय पछिको विश्वकपको अन्त सुखद हुने अनुमान लगाउन सकिन्छ ।
ब्राजिलकालागि कोच टिटेले २३ सदस्यीय टोली घोषणा गरेका छन्।
ब्राजिल
गोलकिपर: एलिसन, एडेरसन, क्यासियो
डिफेन्डर: मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल
मिडफिल्डर: कासेमिरो, फर्नान्डिन्हो, पाउलिन्हो, रेनाटो अगस्तो, विलियन, फ्रेड, फिलिप कोटिन्हो
फरवार्ड: ग्याब्रियल जिसस, रोबटो फर्मिनो, डगलस कोस्टा, टाईसन, नेयमार
अर्जेन्टिनाका कोच जोर्गे स्याम्पोलीले ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्। लियोनल मेस्सीको कप्तानीमा घोषित टोलीमा धेरै नामहरु अटाएका छन्। फिफाले जुन ४मा अन्तिम नामावली घोषणा गर्नैछ। १२ जना खेलाडी को को छाँटिनेछन त्यो त अर्जेन्टिनाको खेल ब्यवस्थापन, कप्तान र कोचले निर्धारण गर्नेछन्।
अर्जेन्टिना
गोलकिपर: सर्जियो रोमेरो, विली क्याबालेरो, नाह्वेल गुजमान, फ्रान्को अर्मानी
डिफेन्डर: जेवियर मास्कारानो, फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, जर्मन पेजेया, इडुवार्डो साल्भियो, मार्कोस रोजो, रामिरो मोरी, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी
मिडफिल्डर: एवर भनेका, लुकास बिग्लिआ, लियोनार्दो पारेदेस, एन्जेल डि मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन, रोद्रिगो बाटाग्लिया, पाब्लो पेरेज
फरवार्ड: लियोनल मेस्सी, सर्जियो अग्वेरो, पाउलो डिबाला, गोन्जालो हिगुईन, माउरो ईकार्डी, डिएगो पेरोटी, लाउतारो मार्टिनेज।
#हाम्रो कुरा डटकमबाट
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













