८ जेठ, हेटौँडा । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले हेटौँडामा ४ जनालाई सम्मानित गरेको छ । सम्मानित हुनेमा २ पत्रकार र २ कलाकार रहेका छन् ।
संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०७५’ बाट राजधानी दैनिकका डब्बु क्षेत्रीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ । ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ बाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार रुपैँयासहित सम्मान गरेको छ । संघले ‘कलाकारिता सम्मान’बाट नायिका निता ढुंगाना र कलाकार सुशान्त श्रेष्ठलाई सम्मान गरेको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रिय, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, निर्माण ब्यबसायी संघका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, चलचित्र निर्देशक समाजका निबर्तमान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरी हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मकवानपुरका चलचित्र पत्रकारसहित विभिन्न जिल्लाका चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो । ३ नम्बर प्र्रदेश प्रमुख प्रतिप्रक्ष दलका नेता ईन्द्र्रबहादुर बानियाँको प्र्रमुख आतिथ्यता एवं चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...











-1782436668.jpg)





