१० असोज, हेटौँडा । भारतिय टेलिभिजन च्यानल स्टार प्लसमा संचालित डान्स प्लसको दोस्रो संस्करणमा नेपाली टोली वाईल्ड रिपर्ज क्रु दोस्रो भएको छ ।
आइतबार राति सम्पन्न अन्तिम प्रतिष्पर्धामा भारतका पियुष भगत र नेपालकै सुशान्त खत्रीलाई पछि पार्दै रिपर्ज दोस्रो भएको हो । रिपर्जले भारतिय रुपैँया १० लाख र यामाहाको स्कुटर प्राप्त गरेका छन् । रिपर्जले दर्शक र निर्णायकको मन जितेर लगातार ८ पटक डवल प्लस पाएर रेकर्ड तोडेको थियो । प्रतिष्पर्धामा पियुष तेस्रो र सुशान्त चौथो भए ।
तनय मल्हाराले उपाधी कव्जा
चार अन्तिम प्रतिष्पर्धीमध्ये भारतका तनय मल्हाराले उपाधी कव्जा गरेका छन् । महाराष्ट्र जलगाउँका १४ बर्षिय तनयले दर्शकको भोटको आधारमा उपाधी कव्जा गरेका हुन् । तनयले भारतिय रुपैंया २५ लाख रुपैँया, ट्रफि र हुण्डाई ग्राण्ड आईटेन कार प्राप्त गरेका छन् । रियो ओलम्पिकमा कास्य पदक जित्न सफल भारतिय ओलम्पियन साक्षि मल्लिकल चारवटै टोलीलाई सम्मान गरेकी थिईन् । अन्तिम चार प्रतिष्पर्धीले डान्स प्लसका मूख्य निर्णायक रेमो डिसुजाको ‘एविसीडि ३’ मा अभिनयको अवसर प्राप्त गरेका छन् ।
२ जुलाई २०१६ बाट लगातार २२ साता संचालन भएको प्रतिष्पर्धामा नेपालको वाईल्ड रिपर्ज क्रु र सुशान्त खत्रीलाई दर्शकले अन्तिम चारमा छनौट गरेका थिए । प्रतिष्पर्धा अवधिभर यी दुई टिमको प्रशिक्षक, मूख्य निर्णायक र अतिथिहरुले समेत प्रशंसा गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















