Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हावा गफले देश चल्दैन : मन्त्री केसी

Arjun-Dai-1474893301.jpg

१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर जनतालाई आश देखाए पनि काम गर्न नसकेको बताए ।

एमालेप्रति कटाक्ष गर्दै मन्त्री केसीले अरु पार्टी जस्तो हावा गफमा आशा देखाएर जनता अल्मल्याउने काम काँग्रेसले नगर्ने भन्दै जनताको दिर्घकालिन हित सोचेर काम गर्ने बताए । सरकार संविधानले तोकेको मितिमा तीनवटै निर्वाचन गराउन प्रतिवद्ध रहेको समेत उनले दावि गरे । सरकारको मूख्य ध्यान संविधान कार्यान्वयनमा रहेको भन्दै मन्त्री केसीले सबै दललाई विश्वस्त पार्दै तोकेको समयमै निर्वाचनसहितका कार्य पुरा गर्न तत्पर रहेको बताए ।

उनले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणाका साथ अघि बढ्न प्रतिपक्षसहितका दललाई आग्रह गरे । संविधानमा देखिएका केही असहमतिका बुँदालाई संशोधन गरेर भएपनि असहमत पक्षलाई मूल धारमा ल्याई संविधानको पूर्ण कार्यान्वयनमा सरकारले काम गरिरहेको बताए । संविधानको कार्यान्वयन गर्नु प्रमुख दलको दायित्व रहेको भन्दै उनले कुनै पनि दलले बहानाबाजी गर्दै संविधान कार्यान्वयन गर्नबाट उम्कन नमिल्ने बताए । संविधानको पूर्ण कार्यान्वयनका लागि क्रियाशिल हुन आफ्ना कार्यकर्तालाई समेत निर्देशन दिए । व्यक्तिगत विचार भन्दा पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनले काँग्रेस लोकतन्त्रका आधारभुत र विश्वव्यापी मान्यताबाट कहिल्यै पछि नहट्ने बताए । 
काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले संविधान कार्यान्वयन गर्न नसकेकै कारण ओली नेतृत्वको सरकार ढलेको बताए । उनले संक्रमणकालको अन्त्यका लागि तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै यसका लागि सबै दल एकमत हुनु आवश्यक रहेको बताए । कार्यक्रममा काँग्रेस नुवाकोट सभापति जगदिशनरसिंह केसी, मकवानपुर सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने लगायतले कार्यकर्ताहरुलाई स्थानीयस्तरमा पार्टीको जिम्मेवारी प्रतिवद्ध भएर निर्वाह गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, नगर र गाउँ तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नेपाली काँग्रेस थाहा नगर समिति सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तस्विर : शिव देवकोटा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg