२५ जेठ, हेटौँडा । हेटौँडामा जारी पृतनापति ट्रफि खेलकुद प्रतियागितामा शनिबार फुटबल, भलिबल र पौडीका विभिन्न स्पर्धा सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भएको फुटबल खेलमा देविदत्त गणले नन्दावक्स गणलाई ३–२ गोल अन्तरले पराजित भएको छ । जितसंगै देवदत्त गण तेस्रो भएको छ । त्यसैगरी, देविदत्त गण र कालिबहादुर गणबीच भएको भलिबल खेलमा देविदत्त गण ३–२ ले विजयी भए प्रथम भएको छ ।
पौडीतर्फ २०० मिटर फ्रि स्टाईलमा ९ नम्बर बाहिनिका दिलिप थापा मगर पहिलो, बाहिनी अड्डाका सुरेश धामी दोस्रो र ९ नम्बर बाहिनीकै राजकुमार खाँ तेस्रो भएका छन् । १०० मिटर व्याक स्ट्रोकतर्फ ७ नम्बर बाहिनीका दाताराम पराजुली पहिलो, ९ नम्बर बाहिनीकै रमेश राई दोस्रो र ९ नम्बर बाहिनिकै भीमसेन पन्त तेस्रो भए । १०० मिटर बेष्ट स्ट्रोकतर्फ ७ नम्बर बाहिनिका टिकाराम पुन पहिलो, ९ नम्बर बाहिनीका जितेन्द्र थापा दोस्रो र ७ नम्बर बाहिनीका सुरेश गुरुङ तेस्रो भएका छन् ।
१०० मिटर फ्रि स्टाईलमा ७ नम्बर बाहिनिका दिलिप थापा मगर पहिलो, सुरेश धामी देस्रो र ७ नम्बर बाहिनीकै लेखना बोटे तेस्रो भएका छन् । प्रतियोगिता अन्तरगत १०० मिटर बटरफ्लाईतर्फ ७ नम्बर बाहिनिका राजिबकुमार गुरुङ पहिलो, चिरिञ्जिवी थापा दोस्रो र ९ नम्बर बाहिनीका कालिदास कुमाल तेस्रो भएका छन् । ५० मिटर बटरफ्लाईतर्फ ७ नम्बर बाहिनीका दिलिप थापा मगर पहिलो, ९ नम्बर बाहिनिका कालिदास कुमार दोस्रो र ७ नम्बर बाहिनीका राजिवकुमार गुरुङ तेस्रो भएका छन् ।
४ गुणा १०० मिटर मिडले रिलेतर्फ ७ नम्बर बाहिनीका राजिबकुमार गुरुङ, दाताराम पराजुली, दिलिप थापा मगर र टिकाराम पुनको टोली पहिलो र ९ नम्बर बाहिनीका विष्णुबहादुर बोटे, जितेन्द्र थापा, रमेश राई र सुरेश धामीको टोली दोस्रो भएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

















