३० जेठ, हेटौँडा । सन् २०२६ को विश्वकप फुटबलको आयोजना उत्तर अमेरिकी देशहरु अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् ।
रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको छ । अब सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।
सन २०२६ को विश्वकपको आयोजनाका लागी मोरक्कोले पनि दावेदावरी प्रस्तुत गरेको थियो ।
दावेदारीका क्रममा भएको निर्वाचनमा २१० फिफा सदस्य राष्ट्रमध्ये २०३ मुलुक मतदानमा सहभागीता जनाएका थिए । तीन मत बदर भएपछि २०० मतमध्ये अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए भने मोरक्कोले ६५ मत पायो । एक मत तटस्थ थियो ।
मोरक्को विश्वकप आयोजनाकालागी पाँच पटक दावेदारी दिए पनि विश्वकप आयोजना गर्ने अवसरबाट चुकेको छ ।
यसअघि अमेरीकाले १९९४ को विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले १९७० र १९८६ को विश्वकप सफल रुपमा गरेको थियो ।
यही जुनमा भएको तीनै देशका पूर्वाधार निरीक्षणमा फिफाले सबैलाई उपयुक्त ठहर गरेको थियो । पाँच जनाको फिफाको निरीक्षण टोलीले २२० पेज लामो रिपोर्टमा पूर्वाधार र अन्य सुविधाका बारेमा विस्तृत रुपमा उल्लेख गरेको छ ।
उत्तरी अमेरीकी देशहरुले विश्वकपका पूर्वाधार निर्माणका लागि १६ बिलियन अमेरीकी डलर खर्च गर्ने जनाएका छन् ।
जसमा उनीहरुले २३ मध्ये मुख्य १६ वटा स्टेडियममा विश्वकप खेलाउने बताएको छन । सन् २०२६ को विश्वकपमा कुल ४८ देशको सहभागिता रहनेछ ।
सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्नेछ ।
(एजेन्सी)
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















