१३ असार, हेटौँडा । रुसमा जारी २१ औँ फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट क्रोएसिया र अर्जेन्टिना अन्तिम १६ मा पुगेका छन् ।
मंगलबारराति भएका आ–आफनो खेलमा जित निकाल्दै क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक सहित उपविजेता बनेको हो । क्रोएसिया भने शतप्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ ।
अर्जेन्टिना र नाइजेरिया विचको खेलमा, खेल सुरु भएको १४ औं मिनेटमा मेस्सीले सुरुवाति अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए । मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ ।
दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको नाइजेरियाले खेलको ४९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै बराबरी गरेको । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।
नाइजेरियालाई बराबरीले नै अन्तिम १६ मा पुग्ने समीकरण भए पनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो । मार्कोस रोहोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका हुन् ।
अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले हिजोको खेलमा ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा गोलकिपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोहोले टिममा स्थान बनाएका थिए ।
यस्तै हिजै भएको समूह डीको अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५३ औ मिनेटमा क्रोएसियाका मिलन बादलेजको प्रहार गोलमा परिणत भएको थियो । यस्तै ७६ औं मिनेटमा आइसल्याण्डका सिगरशनले बराबरी गोल गरेका थिए ।
तर ९० औं मिनेटमा क्रोएसियाका लागि इभान पर्सीले निर्णायक गोल गर्दै समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल बनाए ।
समूह डीबाट विजेता बनेको क्रोएसियाले प्री क्वार्टर फाइनलमा समूह सीको उपविजेता डेनमार्कसँग भिड्दा समूह डी को उपविजेता बनेको अर्जे्न्टिना समूह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।
(एजेन्सी)
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















