१४ असार, हेटौँडा । एशियाली मुलुक जापान विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
जापान विश्वकपको समूह एचबाट उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका हो । यसै समूहको कोलम्बिया भने समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
समूहको दुई खेल सकिँदा ४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले पराजित भयो । पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।
विहिबारनै भएको अर्को खेलमा कोलम्बिया सेनेगललाई पराजित गर्दै ६ अंकसहित समूह विजेताका रुपमा छनोट भएको हो ।
विश्वकपको इतिहासमै कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको यो पहिलो पटक हो । समूह चरणको खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलो कार्ड बेहोरेकाले उ अर्काे चरणमा पुग्न सफल भएको हो । सेनेगलले तीन खेलमा गरी ६ वटा पहेँलो कार्ड पाएको थियो भने जापानले ४ वटा पहेँलो कार्ड पाएको थियो ।
विहिबार रुसको भोग्लोग्राड एरिनामा सम्पन्न समूह चरणको अन्तिम खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डका लागी खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो । यसअघि नै विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डले एक जितसँग विश्वकपको सुखद अन्त्य गरेको छ ।
यता कोलम्बियाले पनि सेनेगललाई १–० ले नै हराउँन सफल भयो । पहिलो हाफ उसले पनि बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सेनेगलका लागी यारी मिनाले गोल गरे । यारीको गोलले कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्न समेत सफल भयो ।
प्रिक्वार्टरफाइनलमा कोलम्बियाले समूह जीको विजेता र जापानले उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । समूह जीको विजेताको छिनोफानोका लागी राति पौने १२ बजे इंग्ल्याण्ड र बेल्जियम भिड्दैछन् ।
(एजेन्सी)
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















