१९ असार, हेटौँडा । ईरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएको छ ।
ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् ।
ईरानको सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीका अनुसार ईरानमा भइरहेको जलवायु परिवर्तन आशंकाको घेरामा रहेको छ । उनले विदेशी हस्तक्षेपका कारण ईरानमा जलवायु परिवर्तनको नकारात्मक असर धेरै हुने गरेको दावी गरेका छन् ।
ईरानको आकाशमा बादल छाए पनि वर्षा नहोस् भन्ने चाहनाले इजरायल र उसको सहयोगी मुलुकले ईरानी आकाशका बादललाई निस्क्रिय बनाउने गरेको उनको आरोप छ ।
यसअघि ईरानका पूर्वराष्ट्रपति मोहमद अहमदीनेजादले पनि यस प्रकारको आरोप लगाएका थिए । उनले युरोपेली मुलुकले विशेष उपकरण प्रयोग गरी बादललाई कैद गर्ने गरेको आरोप लगाएका थिए ।
ईरानका मौसम विभागका प्रमुख अहद वजिफले भने यस प्रकारको तर्क सहि नभएको बताएका छन् । उनले बादल कसैले पनि चोरी गर्न नसक्ने बताए । ईरानमा लामो समय खडेरी रहेको स्वीकार गर्दै उनले यसलाई विश्वमै भइरहेको समस्या भनेका छन् ।
(एजेन्सी)
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















