१४ साउन, हेटौँडा । बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् ।
नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी)लाई हराएका थिए । तर यी दुई टोलीबीचको निर्णायक खेल वर्षाले अवरुद्ध भएपछि दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
लन्डनमा आइतबारराति लगातार वर्षा भएपछि म्याच अम्पायरले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले आयोजक एम.सी.सी.माथि ९ विकेटको सानदार जित निकालेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको टी–ट्वेन्टी अन्तराष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो ।
आइतबार अवरुद्ध भएको खेलबाट नेपालले तीन वर्षपछि टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो । सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।
अब नेपाल ऐतिहासिक एक दिवसीय शृङ्खला खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको दुई खेलको शृङ्खला यही बुधबारबाट सुरु हुनेछ ।
इङ्ल्यान्डको लर्ड्स मैदानमा आइतबार भएको पहिलो खेलमा भने नेपालले मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी.)लाई ९ विकेटले हरायो । ट्वेन्टी ट्वेन्टी खेल हुनुपर्ने भए पनि वर्षाले ६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ४ विकेटको क्षतिमा ४० रनमात्र बनाउन सक्यो ।
कप्तान माहेला जयबर्दनेले १६ बलमा अविजित २४ रन बनाएबाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागी सोमपाल कामीले ८ रन खर्चेर २ विकेट लिँदा शक्ति गौचनले १ विकेट झारे । एक खेलाडी रनआउट भए । जवाफमा नेपालले ४ ओभर ४ बलमै १ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा ग¥यो ।
नेपालको इनिङ्समा सुवास खकुरेलले १५ बलमा अविजित रहँदै १६ तथा ज्ञानेन्द्र मल्लले ४ बलमा अविजित रहँदै १२ रन बनाए । अनिलकुमार शाह ९ रनमा आउट भए । (एजेन्सी)
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













