Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसियाली पावर हाउस जापानसँग नेपाल १–० ले पराजित

Nepal-Football-Team_ipp2x-1534291740.jpg

३० साउन, हेटौँडा । नेपाली यु–२३ फुटबल टोली पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो ।
सिकाराङस्थित विबावा मुक्ति रंगशालामा मंगलबार भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
अन्ततः त्यही गोल नै नेपालको हारमा निर्णायक बन्यो । खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि त्यसपछि थप गोल गर्न सकेन । जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न सकेन । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो ।
थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर नेपाली टोली एसियाडका लागि इन्डोनेसिया पुगेको हो । नेपालले थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो ।
समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार