Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

Nepal-1534209257-1534385203.jpg

३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ । 
खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । 
तर, साविकको उपविजेता भारतलाई पराजित गर्न नेपालाई कठिन हुनेछ । भारत अघिल्लो संस्करणमा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अघि बढेको हो ।
नेपालले समूह चरणमा पाकिस्तानलाई ४–० ले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–० ले पराजित भएको थियो । यता, भारतले समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १२–० को तथा आयोजक भुटानलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
बिहिबारै दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ ।
 खेल चाम्लिङथाङ रंगशालामा साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । 
बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो । 
समूह चरणका बंगलादेशले श्रीलंकालाई १४–० ले तथा नेपाललाई ३–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थन बनाउन सफल भएको थियो । 
यता भुटानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दा भारतसँग १–० ले पराजित भएको थियो ।
फाइनल १८ अगस्टमा हुनेछ प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्ने छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार