भीमसेन पौडेल
१४ असोज हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव भारती पाठकले राज्यबाट सामुदायिक वन माथि निरन्तर प्रहार भैरहेको बताएकी छिन् । हेटौँडा रेन्जपोष्ट महासंघले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यले सामुदायिकका मुद्धालाई वेवास्ता गर्दै निरन्तर हस्तक्षेप गरेको बताईन् ।
वन ऐन २०४९ संसोधन गर्न नहुने बताउँदै महासचिव पाठकले राज्यले सामुदायिक वनलाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाईन् । सामुदायिक वनले उद्यम विकासलाई अगाडी बढाउनु पर्नेमा जोड दिदै उनले समूहमा रहेको विपन्न वर्गको हितमा अधिकतम कार्यक्रम ल्याउनु पर्ने बताईन् ।
हेटौँडा रेन्जपोष्ट महासंघका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा फेकोफन मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्गतान, हेटौडा ईलाका वन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी, नवलपुर सरस्वती बसामाडी सामुदायिक वनका अध्यक्ष माधवप्रसाद सुवेदी,हेटौडा रेन्जपोष्ट महासंघकी महासचिव आरती पाठक, महासंघ सचिवालय सदस्य देवीप्रसाद दाहाल, रामहरी चौलागाई,वडा नागरिक मञ्च ११ नं. वडाका संयोजक फूलमान श्रेष्ठ, एमाले ११ नं. वडाका अध्यक्ष कृष्णप्रसाद उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हेटौडा रेन्जपोष्ट महासंघको घुम्ती बैठक बस्ने परम्परा अनुसार कार्यक्रमको व्यवस्थापन नवलपुर सरस्वती सामुदायिक वनले गरेको थियो । कार्यक्रममा हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका २० वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता थियो ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















