९ भदौ, हेटौँडा । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल सुचारु हुन नसकेपछि नेपालले डक वर्थ लुईस नियमको आधारमा जित निकालेको हो ।
ब्लुमका लागि सनोजले सर्वाधिक ३८ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका सागर पुनले ३ विकेट लिए । ललित भन्डारीले दुई तथा पारस खड्का, ललित राजवंशी र बसन्त रेग्मीले समान १ विकेट लिए ।
यसअघि ब्लुमफिल्ड क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको उच्च प्रदर्शनमा नेपाले ३ सय २३ रनको विशाल योगफल तयार पारेको थियो ।
५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोड्न सफल रहयो । नेपाली टोलीका लागि दीपेन्द्रले सर्वाधिक १ सय २१ रन जोडे । उनले ९५ बल खेलेका थिए । सागर पुनले ८३ बल खेल्दै ९२ रन प्रहार गरे । एक समय ८४÷४ को स्थितिमा रहेको नेपाल सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै उकासिएको थियो । यी दुईले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।
नेपालका लागी ओपनरहरु अनिल साह १७ र सुवास खकुरेल ९, कप्तान पारस २३, रोहित ११, करण केसी २६ रन जोडे । नेपालले पछिल्लो खेलमा विश्राममा रहेका कप्तान पारस खड्का, सागर पुन र करण केसीलाई टोलीमा स्थान दिदै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र सोमपाल कामीलाई विश्राम दिएको थियो ।
नेपालले आइतबार कोल्र्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली एसिया कप छनोटको लागि २७ अगस्टमा मलेसिया प्रस्थान गर्नेछ ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















