Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ च्याम्पियनसिपको लागि घोषित टोलिमा मकवानपुरका तीन खेलाडी समबेश

ANFFFF-1535163168-1535392920.jpg

११ भदौ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि छनौट गरेको २० सदस्यीय राष्ट्रिय टोलीमा मकवानपुरका तीन जना खेलाडी परेका छन । मकवानपुरका अन्जन बिष्ट (फर्वार्ड), सुनिल बल (मिडफिल्डर) र गोल रक्षक एलन न्यौपाने राष्ट्रिय टोलिमा परेका हुन ।  
एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । 
साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएका फरवार्ड जर्जप्रिन्स कार्कीले स्थान बनाउन नसक्दा निराजन खड्काले लामो समयपछि राष्ट्रिय स्थान बनाएका छन् । 
यस्तै डिफेन्डर सुमन अर्याल र हेमन्त थापामगरले २० सदस्यीय टिममा स्थान बनाउन सफल भए ।
नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालले पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ ।
नेपालर पाकिस्तानबीचको खेल १९ भदौमा बंगबन्धु स्टेडियममा हुनेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली राष्ट्रिय टोलीमा पर्न सफल खेलाडीहरु:

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने

रक्षक : दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्ड : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार