Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

क्रिकेटमा मलेसियाविरुद्ध नेपालको जित (तस्विरसहित)

1F7A2803-1535799563.JPG

१६ भदौ, हेटौँडा । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो ।
मलेसियाका लागि अनवर अरुदिन र साहेद अजिजले समान ३४–३४ रनको योगदान दिए। त्यस्तै अहमेद फैजले २२, भिरन्दीप सिंहले २१, मुहमेद स्याहदतले १६ र सर्भिन मुनियान्डीले १० रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा सागर पुन र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट दिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ३० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाएका छन्। आरिफले नटआउट ६४ र दिपेन्द्रले ५४ रन बनाए। ४८ बल खेलेका आरिफले ५ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै दिपेन्द्रले ५१ बलमा ६ चौंका र १ छक्का प्रहार गरे। कमजोर शुरुवात गरेको नेपालका लागि दिपेन्द्र र आरिफले छैटौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए।
नेपालका लागि अनिलकुमार शाहले १६, पारस खड्काले १३ र ज्ञानेन्द्र मल्ले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन। मलेसियाका लागि सर्भिन मुनियान्डी र सैजरुल इदरुसले समान ३ तथा मोहम्मद अनवर रहमनले १ विकेट लिएका थिए ।

1F7A2669-1535799565.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार