Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लामिटार कप फुटबलको तालिक सार्वजनिक

Tiesheet-1538486124.jpg

१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ । 
आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक लामिटारको टिम ‘ए’ र सृजनशील युवा क्लव सुनाचुरी खेल्ने भएको छ । ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टिमले २५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए । ‘दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गर्ने र एकआपसमा भ्रातृत्वको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष अधिकारीले भने, ‘लोकप्रिय खेलको रुपमा रहेको फुटबलको विकासमा समेत प्रतियोगिताले केही टेवा पु¥याउनेछ भन्ने हाम्रो विश्वास हो ।’ 
प्रतियोगितामा मनहरी गाउँपालिकाभित्रको क्लव र खेलाडी मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि करिब ३ लाख रुपैंया खर्च हुने अनुमान रहेको आयोजक लामिटार यूथ क्लवका सचिव निरन्जन उप्रेतीले जानकारी दिए । ‘स्थानीय विभिन्न सहयोगी संस्था एवम् व्यक्तिबाट प्राप्त हुने स–साना सहयोगबाटै यो प्रतियोगिता सफल हुनेछ’, उनले भने, ‘प्रत्येक बर्ष यस प्रतियोगितालाई निरन्तरता दिंदै जाने लक्ष्य लिएका छौं ।’ क्लवले निर्माण गरेको नयाँ चौरलाई चिनाउनुको साथै मनहरी गाउँपालिकाभित्र रहेका क्लवहरुको बीचमा थप सुमधुर सम्बन्ध स्थापनामा प्रतियोगिता सहयोगी बन्ने सचिव उप्रेतीको दावी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार