Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लामिटार कप फुटबलको  फाइनलमा आयोजक  

44060344_1066674590170581-1539447751.jpg

आज भएको खेलमा म्यान अफ द म्याच प्रदान गरिदै


२७ असोज, हेटौँडा ।  मनहरी गाउपालिका ३  हाडीखोलामा सन्चालन भैरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम फाइनल प्रवेश गरेको छ । 
 शनिबार भएको पहिलो सेमिफाइनल भिडन्तमा मसिनेको जनजागरण क्लवलाई एकका विरुद्ध सुन्य  गोल अन्तरले हराउँदै आयोजक टिम  फाइनल प्रवेश गरेको हो । 
लामिटारलाई जित दिलाउन नवौं मिनेटमा अबिनास राईले गरेको गोल नै निर्णायक बन्यो । क्याप्टेन सुमन राईको पासलाई सदुपयोग गर्दै उनले बललाई पोष्टको दिशा दिएका हुन् । यता  मसिनेले  भने केही राम्रो मौका गुमाउदा पराजित हुन पुगेको हो  । खेलको म्यान अफ द म्याच मसिनेका मनिष लामा घोषित भए । लामालाई खेलकुद समन्वय समिति हेटौंडा १९ का अध्यक्ष राजु घलेले उपलब्ध गराएको म्यान अफ द म्याचको ट्रफी प्रतियोगिताका सहयोगी  हाडीखोलाका युवा व्यवसायी  विकाश गौतमले प्रदान गरेका थिए  । जारी प्रतियोगितामा फाइनल प्रवेशको लागि आइतबार सयपत्री युवा क्लव र शक्ति क्लव मनहरी भिड्नेछन् । फाइनल खेल ३० गते फुलपातिको दिन हुनेछ ।  
प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको थियो ।  प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगदको व्यवस्था गरिएको आयोजक लामिटार यूथ क्लवले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार